साइबर सर्कल ललितपुरमा

.jpg)
ललितपुर।राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला कमिटीले साईबर सर्कल विभाग ललितपुर गठन गरेको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा अध्यक्ष पौडेलले समय सापेक्ष प्रबिधि र सामाजिक संजालको महत्त्वपुर्ण भुमिका रहेको बताउदै साइबर सर्कल को आवश्यक्ता रहेको बताए ।
बिशिष्ट अतिथि निवर्तमान सांसद एवम् ललितपुर क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार नेकपा एमाले का नेता नवराज सिलवालले अब को युग सूचना प्रबिधिले नै परिवर्तन र बिकास हुने बताउदै ललितपुर साइबर सर्कल लाई बधाई दिएका छन्।
ललितपुर सबै क्षेत्रहरुमा साईबर सर्कल बिस्तार गर्दै मंसिर ४ केन्द्रित ईफेक्टिभ प्रचारको लागि साईबर वार रुम संचालन गरिने राष्ट्रिय युवासंघ ललितपुरका अध्यक्ष चिन लामाले बताए ।
राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला सह-सचिव आर.बि शर्मा को संयोजकत्त्वमा २७ सदस्यीय ललितपुर साइबर सर्कल गठन गरिएको छ।