इन्धनको मूल्य भारतबाट घटेर आयो, नेपालमा भने यथावत्


काठमाडाैं । भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा भने यथावत् हुने आयल निगमले जनाएको छ।
रुस-युक्रेन युद्ध जारी रहेकै बीच पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्यअनुसार इण्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार ३२ गते नयाँ मुल्यसूची प्राप्त भएकाे थियाे।
पछिल्लाे सूचीअनुसार इन्धनको मूल्य घटेर आए पनि निगम घाटामा रहेको भन्दै नेपालमा मूल्य घटाउन नसकिने निगमले जनाएको छ। १ जुलाइको मूल्य बमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर ५८२.४२ रुपैयाँ, पेट्रोलमा १४.१९ र डिजेलमा २१.९२ रुपैयाँ घाटामा छ।
मूल्य घटेर आए पनि १५ दिनमा २ अर्ब १६ करोड घाटामा हुने निगमले जनाएको छ। निगमले अझै पनि महिनाको ४ अर्ब ३२ करोड नोक्सानीमा रहेकाले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहने जनाएको हो।