एनआरएनएको विज्ञ सम्मेलन अक्टोबरमा हुने


लण्डन । गैरआवासीय नेपाली संघ ( एनआरएनए ) को आयोजनामा आगामी अक्टोबरमा विश्व विज्ञ सम्मेलन हुने भएको छ ।
संघको शनिबारको बैठकले एआरएनए विज्ञ सम्मेलन तथा साधारणसभा अक्टोबर ८ देखि १० तारिखसम्म काठमाडौंमा गर्ने निर्णय गरेको संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए ।
सम्मेलनमा विदेशमा रहेका विभिन्न रिचर्ड सेन्टर र विश्वविद्यालयमा कार्यरत नेपाल तथा विदेश विज्ञको सहभागिता रहनेछ । सम्मेलन सम्पन्न गर्न संघका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा एक उच्चस्तरीय समिति समेत गठन भएको छ ।
सापकोटाका अनुसार बैठकले संघको आगामी १८ महिनाको कार्यविधि तयार गर्न संघका उपमहासचिव रामशरण सिमखडा र नारायण काफ्लेलाई दिने निर्णय गरेको छ ।
बैठक संघका उपाध्यक्ष शर्माको संयोजकत्वमा गठित समितिले प्रस्तुत गरेको बहुपदीय कार्यविधिलाई सर्वसम्मतले पारित गरेको छ । बैठकले सबै क्षेत्रीय संयोजलाई संघको पदाधिकारी बैठकमा पर्यवेक्षकको रुपमा सहभागी हुन दिने निर्णय गरेको छ ।
बैठकले संघको उम्मेदवारी शुल्क नतिर्ने पदाधिकारी र सदस्यता शुल्क नतिर्ने राष्ट्रिय समितिलाई १५ दिनभित्र शुल्क तिर्न निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले १५ सदस्यीय विधान समितिको प्रस्ताव गरेको छ । सो समितिको संयोजकमा शर्मा र सदस्य सचिव गंगाधार गौतमलाई चयन गरेको छ ।
बैठकले संघका महिला पदाधिकारीको उम्मेदवारी शुल्क आगामी कार्यकालदेखि ५० प्रतिशत घटाउने निर्णय गरेको छ ।
बैठकले नेपालमा हुने राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपालीको सहभागितालाई सुनिश्चित गर्न संघको युवा विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै, बैठकले हाल संघमा रहेको ४ करोड रुपैयाँको वैदेशिक रोजगारी कोषलाई विस्तार गर्ने निर्णय गरेको छ ।