युवाले राजनीतिमा जवरजस्त स्थान बनाउने हो, आर्शिवाद थाप्ने हैन : युवा नेता कार्की (भिडिओ)


काठमाडौं । पछिल्लो समय नेपालको राजनीतिमा युवाको भूमिकालाई बढाउन दबाव बढेको छ । आराम गर्नुपर्ने उमेरमा सक्रिय राजनीति गर्ने नेताहरुको कारण देश विकासमा असर परेको आम मानिसहरुको बुझाई रहँदै आएको छ ।
विश्व राजनीतिमा युवाको सक्रियता र त्यहाँको विकासको कारण पनि युवा पुस्तालाई राजनीतिको मुल धारमा हेर्न चाहानेको संख्या दिन दिनै बढ्दै गएको छ । अपवादबाहेक स्थानीय तहको निर्वाचमा निर्वाचित युवा उमेरका जनप्रतिनिधिले गरेको कामबाट पनि आम मानिसले युवासँग फरक आश गरेको देखिन्छ ।
तर, नेपालको राजनीति दल र पार्टीका नेताहरुले युवालाई जसरी अगाडी बढाउनु पर्ने हो । त्यसरी अगाडी बढाएको छैन । स्थानीय तहको दोस्रो निर्वाचनमा युवाहरुलाई राजनीतिक दलहरुले कसरी अगाडी बढाउँदै र युवालाई राजनीतिको मुल धारमा ल्याउन के गर्नुपर्छ यस विषयमा माओवादी केन्द्रका युवा नेता पूर्ण कार्की भन्छन्, ‘युवाहरुले राजनीतिमा कसैको दयाँ माया र आर्शिवादभन्दा पनि युवाहरुले आफूलाई राजनीतिक र सांगठानिक रुपमा विकास गरेर जवरजस्त अघि बढ्नु पर्छ ।’
उनले अहिले विकासीत राजनीतिक घटना क्रमसँगै अब युवाहरुले आफूलाई क्षमतावान बनाए मात्र स्थापित हुन सकिने बताए ।