छैटौँ राजर्षि जनक कप : मछिन्द्रलाई हराउँदै मोफसलको पिल्ले बन्यो बिजेता


सर्लाही । छैटौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लव, काठमाडौंलाई हराउँदै मोफसलको पिप्ले युवा क्लब, हेटौँडा विजयी भएको छ।
जितसँगै पिप्लेले १० लाख रुपैयाँ प्राप्त गरेको छ भने मछिन्द्रले पाँच लाख रुपैयाँमै चित्त बुझाएको छ।
सर्लाहीको बागमती नगरपालिका र बागमती युवा क्लवको संयुक्त आयोजनामा कर्मैयाको फुटबल मैदानमा भएको खेलमा साविक विजेता पिप्लेले ए डिभिजन लिग खेल्ने मछिन्द्रलाई ट्राइबेकरमा पराजित गरेको हो।
निर्धारित समयमा दुबै टोलीले कुनै पनि गोल नगरेपछि खेलको निर्णय ट्राइबेकरमार्फत् गरिएको थियो। निर्धारित समय सकिँदा साँझ परेपछि समय थप नगरी रेफ्रीले खेललाई सिधै ट्राइबेकरमा लगेका हुन्।