तेक्वान्दो चाम्पियनसिप २०७८ पहिलो संस्करण सम्पन्न

_(1).jpg)
ललितपुर । ललितपुर तेक्वान्डो प्रशिक्षक तथा खेलाडी बचत समूह र ताल्छीखेल विशालचोक स्थित कोरियन मार्शल आर्टको संयुक्त आयोजनामा सम्पन्न प्रथम तेक्वान्डो प्रतियोगिता २०७८/१२/१२ भव्य र सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका समापन समारोहका अध्यक्षता कोरियन मार्शल आर्टसका प्रशिक्षक, तेक्वान्डो प्रशिक्षक तथा खेलाडी वचत समूहका अध्यक्ष तथा खेल प्रेमी समाज सेवी र संस्थापक सदस्य श्री राजु श्रेष्ठले गर्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथिको आसनमा समाज सेवी, खेलप्रेमी, तथा नेपाल हस्तकाला महासङ्घका केन्द्रिय उपाध्यक्ष आदरणीय अमृत खड्का ज्यू सुशोभित भएर विराजमान हुनुहुन्थ्यो । साथै विशिष्ट अतिथीमा ललितपुर जिल्ला तेक्वान्डो संघका पूर्व अध्यक्ष तथा कोरियनमार्सल आर्टका संस्थापक सदस्य र प्रशिक्षक श्री सागर भक्त अमात्य हुनुहुन्थ्यो । अन्य अतिथिमा खेल प्रेमी समाज सेवी सुनील के.सी ज्यू, बचत समूहका पदाधिकारी तथा सदस्य साथीहरू र रेफ्री निर्णायक ज्यू अभिभावक हुनुहुन्थ्यो ।
एक दिने प्रतियोगितामा बचत समुहमा आवद्ध रहेका दस डोजाङका २०० बराबरका खेलाडी भाई बहिनीहरू सहभागी भएका थिए भने पुम्से र ग्योरोगी गरेर दुई विभिन्न विधामा प्रतिस्पर्धा भएको थियो ।
शंखमूल डोजाङ ८ स्वर्ग १ रजत २ कस्य सहित प्रथम हुन सफल भयो भने जावलाखेल डोजाङ २ स्वर्ण रजत २ कस्य सहित दोश्रो हुन सफल भयो र १ स्वर्ण ८ रजत ८ कस्य सहित ओम गोदावरी कोरियन मार्सल आर्ट तृतीय हुन सफल भयो । त्यसै गरि वेस्ट प्लेयर्स महिला ट्रोफी कोरियन मार्सल आर्टका प्रसन्ना सापकोटा र धापाखेल डोजाङका वेस्ट प्लेयर्स पुरुष ट्रफी सुदिप स्याङ्तानले प्राप्त गरे । कार्यक्रमका प्रमख अतिथि नेपाल हस्त कला महासंघका वरिष्ठ उपाध्यक्ष समाज सेवी एंव खेल प्रेमी श्री अमृत खड्का ज्यूले विजयी खेलाडी भाई बहिनीहरूलाई बधाई तथा शुभकामना दिनु भयो । नेपाल देश नेपालीहरूको हो र यो सुन्दर देशलाई सजाउने सम्हाल्ने फुलाउने फलाउने र बनाउने जिम्मा हाम्रो भएको कारण विदेश पलायन हुनहुन्न र स्वदेशमै प्रचुर मात्रामा अवसर रहेको र सो अवसरहरु लाई सदुपयोग गरी देश निमार्ण कार्यमा लगाउनु पर्नेमा सबैलाई विचार गर्न सुझाव र सल्लाह दिनु भयो ।
कार्यक्रमकै विशिष्ट अतिथि श्री सागर भक्त अमात्यज्यू ले बचत समूहको जन्मको कथा र व्यथालाई सम्पूर्ण माझ प्रकाशित गर्नु भयो र कसरी यस समूहलाई जीवनको आरोह अवरोध, उकालीओराली, घामपानी दुःख सुख को सङ्घर्षबाट बचाई, अघि बढाएर यहा“ सम्म पु¥याएको तथ्यको इतिहास र वर्तमानलाई उजागर गराउनु भयो । उक्त समूहको भविष्य निकै उज्वल भएको र निस्स्वार्थ निरन्तर कर्तव्यको पथमा गम्भीरता पूर्वक लागी रहनु पर्ने विषयलाई निकै गहनताका साथ सुनाउनु भयो ।
त्यस्तै कार्यक्रमका अन्तमा सभा बिर्सजन र धन्यवाद मन्तपव्य कार्यक्रमका अध्यक्षता गर्नु भएका खेल प्रेमी समाज सेवी र बचत समूहका अध्यक्ष र कोरियन मार्शल आर्टका प्रशिक्षक राजु श्रेष्ठले गर्नु भयो । उहाँले सम्पूर्ण डोजाङका प्रशिक्षक खेलाडी भाई बहिनी, अभिभावक ज्यू शुभचिन्तक पत्रकार अतिथि एवं बचत समूहका सम्पूर्ण पदाधिकारी साथीहरूलाई धन्यवाद दिई प्रमुख अतिथी अमृत खड्काज्यू लाई मायाको चिनो प्रदान गर्नुभयो । यस्ता खाले प्रतियोगिताहरूले खेलाडी र प्रशिक्षकहरुको मनोबल बढ्ने र देशविकासको यज्ञमा सानै सही योगदान दिनमद्धतपुग्ने कुरालाई तथ्य सहित अगाडि राख्नुभयो । बचत समूहलाई सर्वोच्च उचाइमा पुयाउने र तेक्वान्डो खेलकुदको माध्यमबाट अन्तराष्ट्रिय स्तर सम्म राष्ट्रको नाम उच्चो राख्नलाई टेवा पु¥याउने बचनदिनु भयो ।