सुनको मूल्य ९९ हजार दुई सय रुपैयाँ


काठमाडौं । सुनको भाउ बुधबार एक हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
यसअघि, मंगलबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ ताेकिएकाे छ ।
चाँदीको भाउ पनि प्रतितोलामा २५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।