केशव स्थापितको गाँजा क्रान्ती र नेपालमा मानसिक रोगीको चाँङ्ग

.jpg)
गाँजालाई नेपाल तथा भारत लगायतका पूर्वीय जिवन पद्धतिमा अत्यन्तै महत्वपूर्ण वनस्पतिको रुपमा लिईन्छ । छिमेकि राष्ट्र भारतले पनि विगत लामो समयदेखि अवैधानिकता भित्रको वैधता कायम गर्दै गाँजा तथा गाँजाजन्य उत्पादनहरुमा आफुलाई आत्मनिर्भर प्राःय बनाईसकेको छ ।
त्यसमाथि आयुर्वेदिक क्षेत्रका औषधिहरुको ठुलो मात्रामा उत्पादन गर्ने राष्ट्र भएको नाताले पनि भारत गाँजा उत्पादको यात्रामा सामेल नहुने कुरै भएन ।
हुनत नेपालले पनि विगतका समयमा राष्ट्र निर्माणका क्रममा गरेका ठुला प्रगतिहरु जस्तै मठमन्दिर, धारा पौवा, विभिन्न दरवारहरु, ट्रलिबस लगायत विभिन्न अन्य सरकारी उद्योगहरुको स्थापना लगायतका कार्यकालागि पहिले गाँजा नेपालका निम्ती सुन थियो भन्ने भनाईहरु पनि सुन्न नपाईने भने अवश्य होईन । ईतिहासलाई उसकै काखमा रमाउन दिँदै गाँजा वर्तमानका विषयमा केहि चर्चा गरौँ ।
वर्तमान अवस्थामा गाँजा नेपालमा सबैभन्दा सुन्न नचाहने शब्दावलीको रुपमा रहिआएको व्यहोरामा हामी सबै जानकार नै छौँ । तर गाँजा प्रतिको नितान्त नकारात्मक धारणा पनि साहेदै समाजकोलागि उत्पादक नहुन सक्छ । गाँजाको प्रयोग र सामाजिक दृष्टिकोण दुबै एक हदसम्म अतिवादी देखिन्छ ।
विश्वका धेरै विकसित भनिएका राष्ट्रहरुले रचनात्मकता र औषधिय प्रयोजनका लागि प्रयोग गर्दै आईरहेको गाँजा नेपालमा भने कानुनी रुपमा पूर्ण प्रतिबन्धित तर व्यवहारीक रुपमा यत्र–तत्र–सर्बत्रताको मान्यताको सुत्रपात गर्दै समाजमा दिन दुगुना र रात चौगुनाको दरले उपलब्ध र प्रयोग हुँदै आईरहेको देखिन्छ ।
हुनत शासन प्रणाली देखि सामाजिक प्रणाली र समाज विकासका कार्यहरुमा विदेशि मोडेललाई नै सर्बोपरि ठान्ने हाम्रो राजनिति, समाज र सरकारले गाँजाको विषयमा भने भिन्न र आफ्नै निर्णय गरेजस्तो देखिन्छ ।
हुनत नेपालमा गाँजालाई लागुऔषध ठहर गर्दै आफ्नो राष्ट्रमा गाँजालाई कानुनी मान्यता दिँदै आफु मातहतका कम्पनिद्धारा विश्वभर गाँजाको बिउको व्यापार गर्ने शिलसिलामा अमेरीकन गाँजाको बिउलाई नेपाली समाजमा भित्राउने ठेकेदारको भूमिकामा सम्माननिय केशव स्थापित तथा शेरबहादुर तामाङ्ग ज्यूहरुलाई देख्न पाईने होकि भन्ने आँकलन समेत आजभोलि नेपाली समाजमा सुन्न पाईन्छ ।
गाँजाको बारेमा सामाजिक सञ्जाल तथा राष्ट्रिय संचार माध्यमहरुमा प्रचार गर्दै हिँड्ने र युवाहरुलाई गाँजा प्रयोगकालागि उत्साहित पार्ने तर कानुनी तथा व्यवस्थापकिय क्षेत्रमा एउटा सिन्को समेत नभाँच्नुले कतै केशव स्थापित र शेरबहादुर तामाङ्ग ज्यूहरुकोे गाँजा क्रान्ती पनि युवाहरुलाई कुलतमा फसाउने र देशलाई युवा जोश र युवा जनसंख्या बिहिन बनाउने षडयन्त्र त होईन भन्ने प्रश्न समेत पटक पटक उठ्ने गरेको छ ।
हुनत म गाँजाको विषयमा अध्ययन गरेको विज्ञ होईन । तर पनि वैदिक जिवन पद्धतिको हिस्साको रुपमा आफुलाई चिनाउन रुचाउने नेपाली नागरिकको हैसियतले यसका विभिन्न फाईदाहरुको विषयमा थोरै जानकार भने अवश्य छु । नेपाली समाजमा गाँजालाई अन्यथा व्याख्या गर्नकालागि विभिन्न समयमा विभिन्न संस्थाहरु प्रयोग भए ।
कहिले दरबार त कहिले लोकतन्त्रका नामका झुण्डहरु साथै नेपाल प्रहरीको पुरा संगठनलाई नै गाँजालाई गलत व्याख्या गर्नकालागि प्रयोग भईरहे जुन नियति आजसम्म पनि नेपाली समाजमा व्याप्त छ ।
नेपालमा गाँजालाई कानुनी रुपमा मान्यता नदिए पनि आजभोलिका प्राःय युवा युवतिहरुमा गाँजाको सेवन गर्ने बानीको विकास भएको देखिन्छ । कानुनि मान्यता पाएका वा भनौँ गाँजालाई व्यवस्थित गरिएका देशहरुमा गाँजा सेवन गर्नकालागि विभिन्न मापदण्डहरु तोकिने संस्कार हुन्छ । तर नेपालमा भने यसलाई गैरकानुनी करार दिँदै कुनै व्यवस्थापन बिना गाँजाको प्रयोग बढिरहेको पाईन्छ ।
गाँजाको अप्रयाप्तताले गर्दा विद्यालय र +२ तहका बालबालिका देखि आत्मनिर्भर र व्यवसायिक उमेर समुहका व्यक्तिहरु समेत विभिन्न केमिकल युक्त चरेस लगायत अन्य तत्वहरु प्रयोग गरिरहेका घटनाहरु समाजमा सहजै भेट्न सकिन्छ ।
गाँजाको प्रजातिको विषयमा जानकारी नहुँदा धेरै नेपाली युवाहरु आफ्नो शारिरीक बनोट र माग भन्दा फरक प्रजातिका गाँजा र गाँजाजन्य पदार्थहरुको सेवनले अध्ययन र उत्पादकत्वमा लाग्नुपर्ने समुहहरु अव्यवस्थित नसाको कारण मानसिक रोगको सिकार भईरहो विषयमा नेपाल सरकार र नागरिक समाजले समेत ध्यान दिनुपर्ने देखिन्छ ।
यदि यहि अनुपात नेपालमा गाँजा प्रयोगकर्ता बढ्दै जाने र सरकार यसरिनै लाचार भएर बस्ने हो भने अबको १० देखि १५ वर्षमा ठुलो युवाहरुको समूह मानसिक रोगिको रुपमा समाजमा देखा पर्नेछ जुन समाजकालागि घातक हुने निश्चित छ ।