हिजडाहरुको घेराउकोमाझ शून्यतामा नेपाली समाज


अधिकारकर्मीहरुको नजरमा प्रयोग हुन नहुने शब्दावली हो नेपाली शब्द हिजडा । शब्दार्थको आधारमा हिजडालाई लैंङ्गिक आधारमा हुनुपर्ने क्षमता नभएको वा भनौँ यौनीकता र शारिरीक बनोटमा तालमेल नभएको भन्ने बुझिन्छ ।
आजको नेपाली समाज समग्रमा यस्तै प्रवृत्तिको घेराबन्दीमा परेको छ । सरकारी सेवा गर्नेछु भनि सपथ लिएका सरकारी कर्मचारी देखि देशको संविधान अनुरुप समाजको सेवा गर्नेछु भनि सपथ खाएका राजनितिका ठेकेदारहरुमा देखिएको विकृत मानसिकताले नेपाली समाजलाई सधै दरिद्र प्रायः बनाईराखेको छ ।
नैतिकता, जवाफदेहिता र कार्यक्षमता बिहिन झुण्डहरुको राजनैतिक र सामाजिक रबैयाले क्षमतावान युवा पिँडीलाई कि त घुसिया संस्कृतिमा रोमलिने अर्थमा राजनैतिक र सामाजिक क्षेत्रमा सहभागि बनाएको छ अन्यथा राजनैतिक र सामाजिक क्षेत्रबाट युवा पिँडीलाई निकै दुरिमा राखेको छ ।
ऐतिहाँसिक दस्तावेजको धज्जी उढाउँदै जनताको आँखामा छारो हाल्न पल्कीएको नेपाली राजनैतिक नेतृत्वले आज पनि सयौँ वर्ष अगाडी राष्ट्र एकिकरणका पिता पृथ्वीनारायण शाहले दिव्य उपदेशमा देखेका पंक्तिलाई सयौँ वर्ष पछाडी दोहो¥याउँदै भ्रष्टाचार हुन दिन्न भन्दै उखान हानेर वरिपरिका हिजडाहरुलाई ताली बजाउन लगाउँदै आफुलाई देवत्वकरण गर्ने देखि जनताका दैनिक उपभोग्य वस्तुहरुमा भएको कालो बजारीलाई नजरअन्दाज गर्दै विदेशिका एजेण्डालाई काँध थापेर राजनैतिक बाउसेजोरी खेल्ने सम्मका बृत्तान्तले नेपालको राजनिति र राजनैतिक नेतृत्वलाई कुरिकुरी गरिरहेको छ । हुनत नैतिकता र जवाफदेहिता बिहिन तुच्छ राजनितिका हिमायतिहरुलाई यस्ता खालका विषय उठानले खासै प्रभाव भने पार्दैन ।
आफ्ना सन्तानको भविष्य सुनिश्चित गर्नका निम्ति भ्रष्टाचार गर्ने सरकारी निकायका कर्मचारीहरुलाई प्रायः मानिसहरु सुकिला मुकिला र प्रतिष्ठीत देख्लान् तर उनिहरुले शरिर छोप्न लगाएको लुगाको समेत औचित्यता छैन र उनिहरु पूर्ण रुपमा नाङ्गो र निर्लज्ज छन् भन्ने जनमत पनि यहि समाजमा बिस्तारै बढिरहेका छन् ।
आफ्ना सन्तानलाई नैतिकवान बनाउनकालागि आफुले भ्रष्टाचार जस्तो अनैतिक व्यवहार देखाउने सरकारी सेवाका जागिरदारहरु पनि समाजलाई हिजडामय बनाउने अर्को तप्का हो भन्दा अतिशयुक्ति नहोला ।
विभिन्न नामका संघ संस्थाहरु र यिनिहरुको उद्धेश्य देख्दा नेपाली समाज विश्वमानै नभएको विकासको नमूना हुनुपर्ने देखिन्छ । विश्व नियाल्ने हो भने सायदै नेपाली समाजमा रहेको संघ संस्थाको संख्या विश्वका कुनै पनि देशमा नहोला ।
हजारौँको संख्याका गैर सरकारी संस्थाहरु र समाज परिवर्तन र विकासका हजारौं सुत्रहरुको अभिलेखिकरण सहित दर्ता भएका संस्थाहरुले नेपालको सामाजिक विकास र परिवर्तनमा त्यति ठुलो भूमिका खेलेको देखिँदैन । अझै यी अभियानहरुले ल्याएका विकृति र विसंगतिका व्यथाहरु झनै चोटिला र पिडादायी छन् ।
उद्धेश्यको चाँङ्ग अनि विपरितको यात्रा तय यरेको सय क्षेत्रलाई पनि आफैमा अनिश्चित चरित्रको रुपमा हिजडाको सूचिमा सूचिकृत गर्नु अन्यथा नहोला ।
पत्रकारिता र संचार जगतको लाचार र मनपरि तन्त्रलाई पनि एकपटक यसै दृष्टिकोँणबाट हेरौँ । पत्रकारिताको वास्तविक परिभाषा र चरित्रनै बिर्सिएका पत्रकार जगतका कहलिएका ठेकेदारहरुले समाजमा वास्तविक सूचना संप्रेषण गर्ने जिम्मेबारी छोडेर समाज भड्काउने र समाजलाई उदासिन बनाउने खालका सूचनाहरु संप्रेषण गर्नु, सूचनाका आधारमा विभिन्न सौदाबाजी चलाउनु र समग्रमा पत्रकारिता जगतलाई कमाईखाने भाँडोको रुपमामात्र विकास गर्ने कसम खाएकाहरुको पत्रकारिता जगतका झुण्डहरु पनि आफैमा अनिश्चित र जवाफदेहिता बिहिन हिजडा प्रवृति नै हुन् भन्दा फरक पर्दैन ।
नेपाली समाजको रुपान्तरण र विकासकालागि नपुंसक र हिजडा प्रवृत्तिको अन्त्य सहित जवाफदेहिता सहितको समतामुलक सामाजिक विकासको अभियानको थालनी हुन जरुरी छ ।