ओलीको प्रतिमामाथि जुत्ता हान्दै ‘प्रतिगमन’ को विरोध


काठमाडौं । विभाजित नेकपा प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले ‘प्रतिगमनलाई जुत्ता’ हानेर विरोध जनाएका छन् ।
नारायणहिटी दरवार अगाडि संसद विघटन विरुद्ध प्रतिगमनलाई जुत्ता देखाएर विरोध जनाएका हुन् ।
प्रतिमगनविरुद्ध जुत्ता देखाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको छ । विद्यार्थीहरुले प्रतिगमन विरुद्ध नारा लगाएका छन् ।