इति युथ क्लवको तेस्रो रक्तदान (फाेटाेफिचर)


ललितपुर । इति युथ क्लवले तेस्रो रक्तदान कार्यक्रम गर्ने भएको छ । नियमित रक्तदान कार्यक्रम गर्दै आएको क्वलले तेस्रो रक्तदान कार्यक्रम गर्न लागेको हो ।
रक्तदान जिवन दान भन्ने मुल नाराका साथ आज विभिन्न दिवसको अवसर पारेर क्लवले रक्तदानको आयोजना गरेको हो । क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा सबै आम नागरिकलाई आएर रक्तदान गर्न क्वले आग्रह गरेको छ ।
बिशेष गरी किड्नी र पत्थरी भएको विारमीलाई रगत सहयोग गर्दै आएको यो क्लवले उनीहरुलाई रगतको समस्या नहोस् भनेर हरेक ३–३ महिनामा रक्तदान कार्यक्रम गर्दै आएको क्लवको अध्यक्ष विकी खड्गीले बताए ।
विभिन्न अवसर पारेर रक्तदान गर्ने क्लवले रगतको समस्या परेको धेरै विरामीहरुलाई सहयोग गर्दै आएको छ । त्यही क्रममा आज पनि क्लवले रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रम १२ बजेदेखि ३ बजेसम्म इति टोल परिसरमा आयोजना गरिएको छ ।