ओली भन्छन्- पेरिसडाँडातिर म हेर्दा पनि हेर्दिन, हाम्रोतिर आँखा किन लगाउने ?

.jpg)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेले प्रयोग गर्दै आएको भौतिक सम्पत्तिमा दावी नगर्न नेकपाको इतर समुहलाई सन्देश दिएका छन् ।
तत्कालिन माओवादीको मुख्यालय पेरिसडाँडामा आफूले हेर्दै नहेर्ने भन्दै उनले तत्कालिन एमालेको कार्यालय पनि प्रचण्ड–माधव समूहले आँखा लगाउनु नहुने बताए ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘प्रचण्डजीलाई मैले भनेको, हामी त भाडाको घरमा बसेको, भाडाकै घरमा बसौंला । बल्खुमा पार्टी कार्यालय भत्केको छ भुइँचालोले । पेरिसडाँडामा उहाँहरूको भवन छ । म त्यो हेर्दा पनि हेर्दिन । खोज्दा पनि खोज्दिनँ । अर्काकोमा मलाई लोभ पनि छैन । अनि हाम्रोतिर आँखा किन लगाउने ? त्यसकारण पेरिसडाँडा तपाईंको लानुहोस् ।’
ओलीले नेकपाको भौतिक सम्पत्तिका विषयमा पहिलोपटक सार्वजनिकरुपमा बोलेका हुन् ।