ट्रेन्डिङ २ मा ‘दाल भात तरकारी’, तर दर्शकले दिन पाएनन् प्रतिक्रिया


काठमाडौँ – युट्युबमा सार्वजनिक चलचित्र ‘दाल भात तरकारी’ ट्रेन्डिङको शिर्ष स्थानमा उक्लिएको छ ।
मह संचारले निर्माण गरेको यो चलचित्रले एक हप्ताको समयमा २३ लाख भ्युज पनि पाइसकेको छ । तर, हामीले कमेन्ट सेक्सनमा दर्शक प्रतिक्रिया भने देख्न पाउने छैनौँ । किनकि, निर्माण पक्षले कमेन्ट सेक्सन बन्द गरेको छ ।
कमेन्ट सेक्सन बन्द हुँदा २३ लाख भ्युजमा काउन्ट भएका दर्शकले प्रत्यक्ष प्रतिक्रिया जनाउन पाएका छैनन् । आखिर किन निर्माण पक्षले कमेन्ट सेक्सन बन्द गर्यो त ?
चलचित्रवृतमा मह जोडी दर्शकको प्रतिक्रियासँग डराएको चर्चा चलिरहेको छ । ‘दाल भात तरकारी’ बक्सअफिसको सफल चलचित्र भएपनि समिक्षात्मक रुपमा कमजोर मानिएको थियो । यसले २ भन्दा पनि कमको रेटिङ पाएको थियो ।
त्यहि कारण दर्शकको प्रत्यक्ष प्रतिक्रिया आउने प्लेटफर्म युट्युबमा निर्माण पक्षले कमेन्ट सेक्सन बन्द गरेको हुनु पर्दछ ।
सुदन केसीको डेब्यु निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीरुता सिंह, राजाराम पौडेल, वर्षा राउत, आँचल शर्मा, पुष्प खड्कालगायतका चर्चित कलाकारहरुको अभिनय छ ।
किरण केसीको निर्माणमा बनेको चलचित्रमा शम्भुजित बाँस्कोटाको संगीत, दिर्घ गुरुङको छायांकन र मित्र डि गुरुङको सम्पादन छ ।
यस्तो छ पुरा चलचित्र:-