उखु किसानलाई एक साताभित्र बाँकी पैसा भुक्तानी दिलाउन सरकारलाई निर्देशन


काठमाडौँ। संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक साताभित्र उखु किसानको बाँकी रकम भुक्तानी दिलाउन सरकारलाई निर्देशन दिएको छ।
आज उखु किसानको बक्यौताको विषयमा भएको छलफलमा समितिले एक साताभित्र सबै रकम भुक्तानी दिलाउन निर्देशन दिएको हो।
समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले सबै भुक्तानी सात दिन भित्र दिलाउन र उक्त विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिएका हुन्।
यसै गरी समितिले देशभरका श्रमिकले पारिश्रमिक पाए/नपाएको अनुगमन गरेर पारिश्रमिक नदिने उद्योगहरूलाई आवश्यक कारबाही गर्नसमेत निर्देशन दिएको छ।