चर्चित फुटबल खेलाडी म्याराडोनाको हृदयघातका कारण मृत्यु


विश्व फुटबल इतिहासका सबैभन्दा चर्चित फुटबलका खेलाडी डिएगो म्याराडोनाको हृदयघातका कारण बुधवार राति मृत्यु भएको छ ।
६० वर्षीय खेलाडी म्याराडाेनाकाे दुई साताअघि साता मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा मंगलबार मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो ।
अर्जेन्टिनालाई १९८६ फुटबल वल्र्ड कप जिताउने उनले महत्वपूर्ण भूमिका खेलेका थिए । म्याराडोना सन् १९७६ मा फुटबल खेलमा प्रवेश गरेका थिए । त्यसको दश वर्षमा कप्तान बनेका म्यारोडोना अर्जेन्टिनाले सन् १९८६ को वर्ल्ड कप जितेका थिए । यस समयमा उनले खेलको इतिहासमा दुई अविस्मरणीय गोल गरेका थिए ।