म तिमीलाई फेरि भेट्नेछु


म तिमीलाई फेरि भेट्नेछु
कहाँ ? कसरी ? त्यो त थाहाछैन
सायद तिम्रो कल्पनाको झिल्का बनेर
तिम्रो क्यानभासमा उत्रिनेछु
वा सायद तिम्रो क्यानभासमाथि
एउटा रहस्यमयी रेखा बनेर
चुपचाप तिमीलाई हेरिरहनेछु
वा सायद सूर्यको किरण बनेर
तिम्रो रङ्गमा घोलिनेछु
वा रङ्गको अँगालोमा बसेर
तिम्रो क्यानभासमा उत्रिनेछु
थाहाछैन कहाँ-कसरी ?
तर तिमीलाई पक्कै भेट्नेछु